+
+
Shares

क्यालिब्रेसन फ्लाइटका कारण उडान अस्तव्यस्त, विमानस्थलमा यात्रु आक्रोशित

विमानस्थलमा पुगेका यात्रु श्री प्रसाद देवकोटाले एयरलाइन्सले आफूहरूलाई कुनै जानकारी नै नदिएको गुनासो गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २०:३७

१५ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुँदा यात्रुहरू आक्रोशित बनेका छन् ।

विमानस्थलको आन्तरिकतर्फको उडानमा समस्या हुँदा दिउँसोदेखि विमानस्थल पुगेका यात्रुहरू अलपत्र परेका हुन् । यात्रुहरूले अहिले पनि विमानस्थलमा नियमित उडान गर्न भनिरहेका छन् ।

विमानस्थल स्रोतका अनुसार, सोमबार दिउँसो विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) भएको थियो ।

उपकरणले राम्रोसँग काम गरेका छन् कि छैनन् भनेर विमानस्थलमा प्राविधिक उडान गरिन्छ । उक्त काम सोमबार दिउँसो भएको विमानस्थल स्रोतले बतायो । सोही कारण आन्तरिकतर्फका उडान दिनभरजसो प्रभावित भएका थिए ।

विमानस्थल स्रोतले बताए अनुसार, आज सोमबारका लागि बोर्डिङ खोलेर उडानको प्रक्रिया थाल्दा ढिलो हुने अवस्था छ । यति एयरलाइन्सले आज बोर्डिङ नखुलाउने भनेको छ भने यात्रुहरूले आजै उडान गर्नुपर्ने भनिरहेका छन् ।

जसकारण अहिले विमानस्थलमा यात्रुहरू आक्रोशित बनेका छन् ।

विमानस्थलमा पुगेका यात्रु श्री प्रसाद देवकोटाले एयरलाइन्सले आफूहरूलाई कुनै जानकारी नै नदिएको गुनासो गरे ।

‘हामी दिउँसो साढे ३ बजेदेखि विमानस्थल आएर बस्यौं । अहिलेसम्म पनि फ्लाइट हुन सकेको छैन,’ देवकोटाले अनलाइनखबरसँग भने, ‘यहाँ आक्रोशित भिडले काउन्टरमा आक्रमण गर्न खोज्दा हामीले रोक्ने प्रयास गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?