+

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता

२०८२ मंसिर  १५ गते २१:३८ २०८२ मंसिर १५ गते २१:३८
एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भएर उपविजेता बनेको छ।
  • नेपालले ३३.२ ओभरमा १२० रनमा अलआउट भएको थियो र कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए।
  • नेपालले समूह चरणमा साउदी अरेबिया र हङकङलाई हराएको थियो र सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो।

१५ मंसिर, काठमाडौं । यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता बनेको छ । सोमबार भएको फाइनलमा यूएईसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।

यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन बनाए ।

यूएईका गुग शर्मा र लि असगरले ३-३ विकेट लिए । उदिश सूरी र नूरउल्लाह अयोबीले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो । नेपालका दयानन्द मन्डलले शानदार बलिङ गर्दै सुरुवाती ४ विकेट लिएपि यूएई २०-४ को अवस्थामा पुगेको थियो । यूएईका लागि अहमद खुदाददले ७१ रन बनाएर इनिङ उकासे ।

नेपालका लागि दयानन्द मन्डलले ६.५ ओभरमा १७ रन दिएर ६ विकेट लिए । अपरजित पौडेलले २ विकेट लिए । नितेश पटेल र अशोक धामीले १-१ विकेट लिए ।

नेपालले समूह चरणमा साउदी अरेबिया र हङकङलाई हराएको थियो भने सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो ।

फाइनल नजिते पनि नेपाल एसीसी यू-१९ एसिया कपमा भने छनोट भइसकेको छ ।

एसीसी यू–१९ प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय