+
+
Shares

‘रेज-बेट’ बन्यो अक्सफोर्डको वर्ष शब्द २०२५, के हो अर्थ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते ६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२५ को वर्ष शब्दको रूपमा 'रेज-बेट' चयन गरेको छ।
  • 'रेज-बेट' भन्नाले मानिसहरूलाई रिस उठोस् भनेर बनाइने अनलाइन सामग्रीलाई जनाउँछ र यसको प्रयोग तीन गुणाले बढेको छ।
  • 'रेज-बेट' ले 'अरा फार्मिङ' र 'बायोह्याक' लाई पछि पार्दै यो उपाधि जितेको छ।

१६ मंसिर, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज-बेट’ लाई सन् २०२५ को वर्ष शब्द (वर्ड अफ द इयर) छानेको छ। मानिसहरू रिसाउन, भड्किऊन वा उनीहरूलाई रिस उठोस् भनेर जानाजानी बनाइने अनलाइन सामग्रीलाई रेज-बेट भनिन्छ ।

तपाईंलाई सामाजिक सञ्जाल स्क्रोल गर्दागर्दै प्रायः रिस उठ्न थाल्छ भने तपाईं ‘रेज-बेट’ को शिकार भइरहनुभएको हुनसक्छ । अक्सफोर्डका अनुसार, पछिल्लो १२ महिनामा यो शब्दको प्रयोग तीन गुणाले बढेको छ।

रेज-बेटले ‘अरा फार्मिङ’ र ‘बायोह्याक’ लाई पछि पार्दै यो उपाधि जितेको हो।

अरा फार्मिङको अर्थ आकर्षक, रहस्यमय वा अत्यन्त आत्मविश्वासी देखिनेगरी आफ्नो व्यक्तित्वलाई प्रस्तुत गर्नु हो ।

यसैगरी, बायोह्याकको अर्थ डाइट, व्यायाम, जीवनशैली वा प्राविधिक साधनहरूको मद्दतले आफ्नो शरीर वा दिमागको क्षमता बढाउने प्रयास गर्नु हो।

यी तीनै शब्दहरूमा सार्वजनिक मतदान पनि भएको थियो। विश्वभरका ३०,००० भन्दा बढी मानिसहरूले आफ्नो राय दिएका थिए। त्यसपछि भाषा विशेषज्ञहरूले अन्तिम निर्णय लिएका थिए।

शब्द चयन मत, सार्वजनिक मतहरूमा व्यक्त भावना र युनिभर्सिटी प्रेसका भाषिक डेटा विश्लेषण लगायतको संयोजनबाट गरिएको हो।

वर्ष २०२५ का समाचार चक्रमा सामाजिक अशान्ति, अनलाइन सामग्रीको विनियमनबारे बहस र डिजिटल कल्याणका चिन्ताहरू हाबी रहे । यस वर्ष ‘रेज बेट’ को प्रयोगले हामी अनलाइनमा ध्यान खिच्ने तरिकाबारे कसरी कुरा गर्छौँ भन्ने संकेत दिएको छ ।

‘रेज’ को अर्थ क्रोधको हिंसात्मक विस्फोट र ‘बेट’ को अर्थ खानाको आकर्षक टुक्रा हो । यी दुई प्रचलित अंग्रेजी शब्दहरूको संयोजनबाट रेज बेट बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?