+
+
WC Series
Won जनकपुर बोल्ट्स 2025
180/4 (17.3)
VS
Janakpur Bolts won by 6 wickets
चितवन राइनोज 2025
176/4 (20)
Shares

सेयर बजारमा ६ कम्पनी बढे १० प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० मा कायम भएको छ।
  • कारोबार रकम ४ अर्ब ७१ करोडबाट ४ अर्ब २० करोडमा घटेको छ।
  • ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ।

१६ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा घटेको छ । ०.५३ अंक घटेसँगै नेप्से परिसूचक २६४४.७० मा कायम भएको छ ।

कारोबारका क्रममा दिउँसो १२ : ५१ बजे नेप्से २६५२ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि उच्चतम रह्यो ।

अघिल्लो दिन नेप्से ४ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडमा खुम्चियो ।

कुल १२५ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने १३ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.५८, होटल तथा पर्यटन ०.६२, लगानी ०.०४, जीवन बीमा ०.५७ र माइक्रोफाइनान्स ०.०६ प्रतिशत घटे ।

विकास बैंक ०.१७, फाइनान्स ०.२७, जलविद्युत् ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, निर्जीवन बीमा ०.२६ प्रतिशत बढे । अन्य समूह स्थिर रह्यो ।

बजार घटे पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेक कम्पनी छन् ।

रसुवागढी हाइड्रोपावरको ८.६१, विकास हाइड्रोपावरको ६.४८, दरामखोला हाइड्रोपावरको ६.२७ तथा पिपुल्स हाइड्रोपावरको ६.१८ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै ग्रिन भेन्चर्सको मूल्य सबैभन्दा धेरै ९.८५ प्रतिशत घट्यो । स्टान्डर्ड चार्टर्ड बैंकको ३.८८ तथा पोखरा फाइनान्सको २.५० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?