+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
१०४ बलमा १६९ रन आवश्यक
कर्णाली याक्स 2025
33/0 (2.4)
Shares

भन्सारमा पैठारी शुल्क तिरेका छिमेकी देशका सवारीले नेपालमा थप शुल्क तिर्नु नपर्ने

छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तरसरकारी वित्त परिषद्ले छिमेकी देशका पर्यटक सवार सवारीसाधनबाट नेपालभित्र थप शुल्क नलिने निर्णय गरेको छ।
  • पर्यटन प्रोत्साहनका लागि भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि अन्य शुल्क नलिने व्यवस्था मिलाइएको छ।
  • परिषद्ले सबै प्रदेशको वित्तीय र राजस्वसम्बन्धी कानुनमा सामञ्जस्य कायम गर्ने निर्णय पनि गरेको छ।

१६ मंसिर, काठमाडौं । भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग नेपालभित्र थप शुल्क लिन नपाइने भएको छ ।

शुक्रबार बसेको अन्तरसरकारी वित्त परिषद् बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि तोकिएको दिनसम्म निर्वाध नेपालभित्र अन्य कुनै शुल्क नलिई सहज आवागमन हुने व्यवस्था मिलाउने,’ निर्णयमा छ ।

पर्यटन व्यवसायीले लामो समयदेखि विभिन्न तहका सरकारले पर्यटक सवारीसँग अतिरिक्त शुल्क लिने गरेको गुनासो गर्दै आएका थिए । परिषद् बैठकले सबै प्रदेशको वित्तीय लगायत राजस्वसँग सम्बन्धित कानुनमा सामञ्जस्य कायम गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?