+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

कांग्रेस पूर्वपदाधिकारीहरूले गरे संस्थापन पक्षका केन्द्रीय सदस्यसँग छलफल

सभापतिको उम्मेदवार तय गर्न आग्रह, राखे दुई शर्त

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते २१:१३

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ ।

करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो ।

मंगलबारको छलफलमा पूर्व पदाधिकारीहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, डा. प्रकाशशरण महत सहभागी थिए । डा. शशांक कोइराला उपत्यका बाहिर रहेको र गोपालमान श्रेष्ठ स्वास्थ्यका कारण बैठकमा सहभागी नभएको निकट स्रोतले जानकारी दिएको छ ।

केन्द्रीय सदस्यहरूको आग्रहपछि बैठकमा उपस्थित पूर्वपदाधिकारीहरूले चाँडोभन्दा चाँडो एक जनाको नाममा सहमतिमा पुग्ने वचन दिएका छन् । जसका लागि दुई वटा शर्त समेत अघि सारिएको ती केन्द्रीय सदस्य बताउँछन् ।

‘तपाईंहरूमध्ये एकले सभापतिमा उम्मेदवारी दिनुस् । अन्य पदमा भने तपाईंहरू पछिको अर्को पुस्ता आउँछ,’ ती केन्द्रीय सदस्यले सुनाए, ‘पदाधिकारीका अन्य पदमा दाबी गरेर हामीहरूलाई रोक्न भएन ।’

सभापति हुने व्यक्ति प्रधानमन्त्री नहुने सल्लाह गरेर समझदारी गर्नसमेत सुझाव दिइएको ती सदस्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?