+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

नारायणगोापलको स्मृति दिवस आज : सुन्नूस उनका १० मर्मस्पर्शी गीत

मूर्धन्य कलाकार नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज नारायणगोपाल गुरुवाचार्यको ३५ औँ स्मृति दिवस मनाइँदैछ।
  • स्वरसम्राट् उपाधिबाट सम्मानित नारायणगोपालले नेपाली संगीतमा विशिष्ट योगदान दिएका छन्।
  • उनको स्मरणमा महाराजगन्जस्थित नारायणगोपाल सङ्गीत कोषले विविध कार्यक्रम आयोजना गरेको छ।

काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको संगीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।

मूर्धन्य कलाकार नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

१) अल्झेछ क्यारे पछ्यौरी

२) केही मीठो बात गर

३) एउटा मान्छेको मायाले कति

४) यति धेरै माया दिई

५) तिम्रो जस्तो मुटु

६) मलाई नसोध

७) यो सम्झिने मन छ

८) आँखा छोपी नरोऊ

९) गल्ती हजार हुन्छन्

१०) ए कान्छा ठट्टैमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?