२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए ।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनी निकट स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4