+
+
Shares

कांग्रेसका कृष्णप्रसाद यादवले पनि गरे मुख्यमन्त्रीमा दाबी पेस

जनमतको समेत हस्ताक्षर

नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १४:०९

२९ असोज, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत  दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेसका २२, नेकपा एमालेका २५ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्षा दाबी पेस गरिसकेका छन् ।

जनमतले सरकार बनाउन कित्ता फेरिसकेका छन् । सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत पुगेका थिए ।

कांग्रेस संसदीय दलका नेता यादव आफूले जनमतसहित तीनदलबाट ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेको बताए । ‘जनमतले हामीसँग सहमति गरे अनुसार नै ५८ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हौं,’ उनले भने ।

यता जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले आफूले एमाले-कांग्रेसलाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसकेको दाबी गरे ।

‘उहाँहरूले हाम्रो हस्ताक्षर पेस गरेर गलत गर्नुभयो । मधेशवादी दल सम्मिलित सरकार बन्नु पर्ने जनताको भावना अनुसार जनमत अघि बढेको हो । मैले कांग्रेस-एमालेलाई जानकारी गराइसकेको छु,’ उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?