२१ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्त्व बढ्दै गएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्त्व बढ्दै गएको बताएका हुन् ।
प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको उनले बताए ।
‘नागरिक उड्डयनको नवप्रवर्तनको प्रवर्द्धन भन्ने नाराका साथ आज हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइरहेका छौं । त्यसैले आजको दिन हामी सबैको महत्त्वपूर्ण रहेको छ । आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुगाउने माध्यम मात्र होइन,’ उनले भने, ‘यो नवप्रर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको मेलमिलाप हो । उडानहरू अझै सुरक्षित, पर्यावरणमैत्री र यात्रुअनुकुल हुनको लागि विश्वभरी नै नयाँ नयाँ प्रवर्तनहरू भइरहेका छन् ।’
विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिव्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख पनि उनले गरे ।
‘अहिले प्रविधि र एआईजडित सेवाहरू पनि आइरहेका छन् । तर केविन क्रूको भूमिकालाई मसिनले प्रतिस्थापन गर्न सक्छ । मैले निष्कर्ष निकालेको छु । सक्दैन । जुन सेवा यहाँहरूले प्रदान गरिरहनुभएको छ । त्यो सेवा मेसिनले प्रवाह गर्न सक्दैन,’ उनले भने, ‘त्यही भएर मैले सुरु मै भने मानवकेन्द्रित सेवाले मात्रै सञ्चालन हुन्छ । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी अनियमित मौसम र यात्रुको मनोदशा तथा हरेक परिस्थितिमा तपाईंहरूको साहस र करुणा नै तपाईहरूको पहिचान हो ।’
प्रतिक्रिया 4