+
+
Shares

उदारणीय जोडी सिर्जना र विवेकको प्रेमको सम्झनामा ‘तेरी मेरी कहानी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिर्जना सुवेदी र विवेक पंगेनीको प्रेम सम्बन्धको सम्मानमा हिन्दी गीत \'तेरी मेरी कहानी\' सार्वजनिक गरिएको छ।

काठमाडौं ।उदाहरणीय प्रेम जोडी बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्बन्धको सम्मानमा बनेको हिन्दी गीत ‘तेरी मेरी कहानी’ सार्वजनिक भएको छ। गीत र म्युजिक भिडियो आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको आइतबार एक वर्ष पुगेको छ । सोही दिन पारेर गीत सार्वजनिक गरिएको हो ।

विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै मन पराएका थिए । बिरामी विवेकलाई सिर्जनाले दिएको प्रेमलाई धेरैले नि:स्वार्थ प्रेमको उदाहरणका रूपमा लिएका छन् ।

मानव कौलको शब्द रचनामा तयार भएको गीतको संगीत संयोजन अर्जुन कटुवालले गरेका हुन् । कटुवालले गीतमा स्वर पनि दिएका छन् । गीतमा कटुवालसँगै पम्फा चाम्लिङ र सोनिया उपाध्यायको पनि स्वर रहेको छ ।

चर्चित टिकटकर वर्षा श्रेष्ठ र निमेष श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियो निर्देशन आयुष महर्जनले गरेका हुन् । सिर्जना र विवेकको प्रेमकथाले निस्वार्थ प्रेमको अतुलनीय उदाहरण प्रस्तुत गरेकाले अरूलाई पनि यसले प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो गीत बनाएको निर्माता, संगीतकार र गायक कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?