+
+
Shares

रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई २६ लाख ७ हजार कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति दिएको छ।
  • कम्पनीले सर्वसाधारण समूहमा कुल सेयरको २० प्रतिशत सेयर बिक्री गर्नेछ र बाँकी ८० प्रतिशत संस्थापक समूहको रहनेछ।
  • रिज लाइन इनर्जीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

२२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि अनुमति दिएको छ ।

कम्पनीलाई अंकित मूल्य १ सयका दरले कुल २६ लाख ७ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा यो संख्याको सेयर निष्कासन गर्नेछ । जुन कुल सेयरको २० प्रतिशत हो । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । यस कम्पनीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?