+

पुलिसिकको दुई गोलमा एसी मिलानको सानदार पुनरागमन

२०८२ मंसिर  २३ गते १२:१४ २०८२ मंसिर २३ गते १२:१४
पुलिसिकको दुई गोलमा एसी मिलानको सानदार पुनरागमन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियन पुलिसिकले दोस्रो हाफमा दुई गोल गर्दै एसी मिलानलाई टोरिनोमाथि ३-२ को जित दिलाए।
  • एसी मिलानले १४ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ।
  • टोरिनोले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो तर दोस्रो हाफमा पुलिसिकले पुनरागमन गराए।

२३ मंसिर, काठमाडौं । क्रिस्टियन पुलिसिकले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ए मा टोरिनोमाथि ३-२ को पुनरागमन जित हात पारेको छ ।

पहिलो हाफमा दुई गोलले पछि परेको सी मिलानले सानदार पुनरागमन गर्दै ३ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लेको छ ।

१४ खेलबाट नापोली समान ३१ अंक जोडेको एसी मिलान गोल अन्तरमा अघि छ । टोरिनो १४ खेलबा६ १४ अंकसहित १६औं स्थानमा छ ।

टोरीनोको मैदानमा भएको खेलमा निकोला भ्लासिकले १०औं र डुभान जापाटाले १७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । एड्रिएन र्‍याबिओटले २४औं मिनेटमा एसी मिलानका लागि पहिलो गोल गरे ।

दोस्रो हाफमा पुलिसिक छाए । ६६औं मिनेटमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुलिसिकले एक मिनेटपछि नै गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । पुलिसिकले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको जित पक्का गरे ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय