+
+
Shares

पूर्वमन्त्री रणसिंह परियारले दिए विद्यालय व्यस्थापन समितिबाट राजीनामा

सांसद एवम पूर्वमन्त्री परियारको आलोचना भएपछि सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै राजीनामा दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रणसिंह परियारले जनकल्याण आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट २२ गते भर्चुअल बैठकमा लिखित रूपमा राजीनामा दिएका छन्।
  • परियारले सामाजिक सञ्जालमार्फत आलोचना पछि अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।
  • आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा ६ जनाको आकांक्षा रहेको थियो।

२३ मंसिर, हुम्ला।अदानचुली गाउँपालिका १ स्थित जनकल्याण आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मवत भएका कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट राजिनामा दिएका छन्।

अनलाइनखबरले पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

सांसद एवम पूर्वमन्त्री परियारको आलोचना भएपछि सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै राजीनामा दिएका छन्।

२२ गते भर्चुअल बैठकबाट आफुले अध्यक्ष पदमा नरहने भन्दै लिखित रुपमा राजीनामा दिएको लेखेका छन ।

आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ६ जनाको आकांक्षा रहेको थियो।

तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?