२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका टीओबी समूहका तेन्जिन दावाविरुद्ध दुईवटा मुद्दामा फरक फरक धरौटी माग भएको छ ।
करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा हिजो (सोमबार) मुद्दा दर्ता गरेको थियो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत कीर्तेसम्बन्धी कसुरमा ५ लाख र लागुऔषध मुद्दामा २० हजार धरौटी खुलेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।
उनीबाट प्राप्त नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र समेत कीर्ते भेटिएकाले लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया 4