+
+
WC Series
काठमान्डु गोर्खाज 2025
93/9 (17.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमाले केन्द्रीय सदस्यमा रुपन्देहीका घिमिरेको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का बासुदेव घिमिरेले ११औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • घिमिरेले २०७४ मा तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएर विकासको मोडल बनाएका थिए।
  • प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनले रुपन्देही–५ मा कांग्रेसका भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए।

२४ मंसिर,बुटवल । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

घिमिरे स्थानीय तह र संघीय संसद दुवैको अनुभव बटुलेका नेता हुन् ।

घिमिरेले २०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएपछि तिलोत्तमा नगरपालिकालाई ‘विकासको मोडल’ का रूपमा स्थापित गर्न सफल भएका थिए । उनले चलाएका अभियानले तिलोत्तमालाई मुलुकभर वातावरणमैत्री सुन्दर शहरको रूपमा चिनाउन सफल भएको छ ।

प्रतिनिधिसभा निर्वाचन, २०७९ मा रुपन्देही–५ मा नेपाली कांग्रेसका नेता भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?