+
+
Shares

काभ्रेको हिरासतमा रहेका पुरुष झुण्डिएको अवस्थामा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १२:०३
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका एक जना पुरुष झुण्डीएको अवस्थामा मृत फेला परेका छन ।

चोरी आरोपमा हिरासतमा रहेका रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

चोरीको आरोपमा निवेदन परेपछि उक्त मुद्दामा अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरी हिरासतमा राखिएको थियो । उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको बताइएको छ ।

सोमबार राति ३ बजे इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा मृत अवस्थामा फेला परेका थिए । उनले ब्ल्यांकेटको घेरोको कपडा च्यातेर घाँटीमा पासो लगाएर झुण्डीएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

पटक-पटक मुद्दा मामिलामा परिरहेका तामाङको मृत्युबारे थप अनुसन्धान भइरहकेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?