News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक नियुक्त भएका छन्।
- महिला टी-२० विश्वकपको ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुँदैछ।
- जयन्तले थाइल्यान्ड महिला क्रिकेट टिमको प्रशिक्षक भएर सन् २०२० मा टी-२० विश्वकप खेलाएको अनुभव छ।
१ पुस, काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक नियुक्त भएका छन् । महिला क्रिकेट टोलीमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त भएका हुन् ।
आसन्न महिला टी-२० विश्वकपको ग्लोबल छनोटअघि नयाँ विदेशी प्रशिक्षक नियुक्त गर्ने हिसाबले आवेदन खुलाएको थियो । सोही अनुसार परेको ७० जनामाथिको आवेदनबाट पाठक चयन भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।
महिला टी-२० विश्वकपको ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुँदैछ । त्यसका लागि महिला टोलीको प्रशिक्षक क्याम्प पनि सुरु भइसकेको छ ।
जयन्तले यसअघि थाइल्यान्ड महिला क्रिकेट टिमको प्रशिक्षकको रूपमा काम गरेका छन् । उनको प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।
प्रतिक्रिया 4