News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले माघ २ देखि १० गतेसम्म उदयपुरको थरुहट रंगशालामा महिला च्याम्पियनसिप आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ एफसी लगायत १० टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगिताको फाइनल माघ १० गते हुने एन्फाले जानकारी दिएको छ।
२९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला च्याम्पियनसिप माघ पहिलो सातादेखि उदयपुरमा हुने भएको छ ।
उदयपुरको थरुहट रंगशालामा माघ २ देखि १० सम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने एन्फाले जनाएको छ ।
नकआउट आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ एफसी, संकटा क्लब, छहारी युवा क्लब, एफसी रिले, गाइघाट एफसी, न्युरोड टिम, चर्च ब्वाइज युनाइटेड र आरएस रिसोर्ट गरी १० टोली खेल्ने छन् ।
प्रतियोगिताको फाइनल खेल माघ १० गते हुनेछ।

प्रतिक्रिया 4