News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० गोलअन्तरले हराउँदै इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ।
- एर्लिङ हालान्डले दुई गोल र फिल फोडेनले एक गोल गर्दै सिटीको जितमा योगदान दिएका थिए।
- जितपछि म्यान्चेस्टर सिटी १६ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
२९ मंसिर, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हासिल गरेको छ ।
सिटीले क्रिस्टल प्यालेसलाई उसैको घरेलु मैदानमा ३-० गोलअन्तरले हराएको हो । हालान्डको २ गोलसँगै फिल फोडेनले पनि १ गोल गरे ।
खेलको ४१औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिटीले २ गोल थप्यो ।
६९औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै ३-० को जित दिलाए ।
जितपछि १६ खेलमा ३४ अंक भएको सिटी दोस्रो स्थानमा उक्लिएको छ । प्यालेस २६ अंकसहित पाँचौं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा एस्टन भिल्लाले वेस्ट ह्याममाथि ३-२ को जित हासिल गर्यो । सन्डरल्यान्डले न्युकासललाई १-० ले हराउँदा ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले १-१ को बराबरी खेले ।
प्रतिक्रिया 4