+

भरत खवासलाई काठमाडौं युरोको सम्मान

२०८२ मंसिर  २८ गते १७:३९ २०८२ मंसिर २८ गते १७:३९
भरत खवासलाई काठमाडौं युरोको सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं युरो आईबी वर्ल्ड स्कुलले पूर्व फुटबलर भरत खवासलाई फुटबलमा राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान गरेको भन्दै नगदसहित सम्मान गरेको छ।
  • सम्मान कार्यक्रममा काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे र विद्यालय सञ्चालक समितिका सदस्यहरूले भरतलाई प्रशंसा पत्र र नगद प्रदान गरेका थिए।
  • भरतले स्पोर्ट्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पनि पुरस्कृत गरेका थिए।

२८ मंसिर, काठमाडौं । काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, गोंगबुले पूर्व फुटबलर भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ । काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा भरतलाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान गरेवापत सम्मान गरेको हो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित कार्यक्रममा काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, विद्यालय सञ्चालक समितिका सदस्यद्वय राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी तथा शैक्षिक निर्देशक डा. दीपक गुप्ताले भरतलाई नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा भरतले स्पोर्ट्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।

काठमाडौं युरोले विगतमा करातेकी एरिका गुरुङ, फुटबलकी सरु लिम्बू, ‘साम्बा’ उपनामले चिनिने राष्ट्रिय महिला फुटबल टोलीकै सावित्रा भण्डारी, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमिल्सिना लगायतलाई सम्मान गरेको थियो ।

भरत खवास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय