News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेटर सन्दीप लामिछानेले आगामी बंगलादेश प्रिमियर लिगमा राजशाही वारियर्सबाट खेल्ने भएका छन्।
- सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा ६८ टी–२० खेलमा १२९ विकेट लिएका छन्।
- राजशाही वारियर्सले सन्दीपको अनुभवले टोलीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
२८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।
राजशाहीले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।
सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको प्रदर्शन प्रभावशाली रहँदै आएको छ। उनले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिएका छन्। समग्रमा उनले आफ्नो करियरमा १६० टी–२० खेलमा २३७ विकेट लिएका छन्।
राजशाही वारियर्सका टोली अधिकारीहरूले सन्दीपको अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज अनुभवले यस सिजन टोलीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
सन्दीप लामिछानेको कप्तानीमा भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सले प्लेअफसम्मको यात्रा तय गरेको थियो ।
प्रतिक्रिया 4