+

नेपाल नेशनल माउन्टेन बाइक च्याम्पियनसिप पुसको पहिलो साता हुने

२०८२ मंसिर  २९ गते १४:४२ २०८२ मंसिर २९ गते १४:४२
नेपाल नेशनल माउन्टेन बाइक च्याम्पियनसिप पुसको पहिलो साता हुने
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काठमाडौं । नेपाल साइक्लिङ संघको आयोजनामा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप पुस पहिलो साता आयोजना हुने भएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पुस ४ र ५ गते (डिसेम्बर १९-२०) मा आयोजना हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपअन्तर्गत २० औं राष्ट्रिय एमटिबी क्रस कन्ट्री र स्राम १२ औं राष्ट्रिय एमटिबी डाउन हिल च्याम्पियनसिप समावेश हुनेछ । स्राम १२औं राष्ट्रिय एमटिबी डाउनहिल प्रतियोगिता (पुरुष, महिला, जुनियर, मास्टर र युथ समूह) तथा २० औ क्रस कन्ट्री एमटिबी प्रतियोगिता (पुरुष, महिला, जुनियर, मास्टर र युथ समूह) विधा आयोजना गरिनेछ ।

यो प्रतियोगिता काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको शहीद स्मारक पार्कमा आयोजना हुने नेपाल साइक्लिङ संघले जनाएको छ ।

च्याम्पियनसिपमा डाउनहिलमा ५० जना (महिला, पुरुष, मास्टर र युथ) र क्रस कन्ट्रीमा ५० जना (महिला पुरुष, मास्टर र युथ) खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष सुदिप पाैडेलले जानकारी दिए ।

यस प्रतियोगितामा विभिन्न प्रदेश र जिल्लाहरूबाट राष्ट्रियस्तरका खेलाडीहरु सहभागी हुने संघले जनाएको छ ।

हरेक ईभेन्टका विजेताहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा बजेट कम भएकोले नगद पुरस्कार राशी नरहेको संघका अध्यक्ष सुदिप पाैडेलले बताए । गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले प्रतियोगिताको विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस प्रतियोगिता आयोजनाका फागि गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाडौं बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले नेपाल साइक्लिङ संघको आधिकारिक वेबसाइटमा नाम दर्ता गर्न सक्नेछन् । नेपालको साइक्लिङ खेलको प्रवर्धन र विकासका लागि यो प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष पाैडेलले बताए ।

यस्तै संघका महासचिव रन्जन भण्डारीले यो गेम जित्ने खेलाडीको नाम अन्तर्राष्ट्रिय स्तरमा पठाउने र जित्ने खेलाडीले १०० अंक पाउने बताए । यो प्रतियोगिता अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सेलेक्सन टुर्नामेन्टको रुपमा पनि रहेको संघले जनाएको छ ।

यस प्रतियोगिताको माध्यमबाट नेपालमा माउन्टेन बाइकिङ खेलको स्तर उकास्न, नयाँ पतिभाहरू चिनाउन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीहरू तयार पार्ने लक्ष्य रहेको अध्यक्ष सुदिप पाैडेलले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका प्रमुख रिसालले प्रतियोगिता हुने स्थान सहिद पार्कमा पहिला १३औं साग पनि भएको र अहिले पनि सोही स्थानमा हुनुपर्छ भनेर संघसँग सहकार्य गरेको बताए । साथै उनले अन्य खेललाई पनि सहयोग गरेको बताए ।

नगरपालिकाले शहीद पार्कमा ट्रयाक बनाउनका लागि नगरपालिकाले आर्थिक रुपमा पनि सहयोग गरेको बताए ।

सहिद स्मारक पार्कका अध्यक्ष सुदर्शन सिग्देलले साईक्लिङ च्याम्पियनसिपका लागि भाैतिक पूर्वाधार तयारी सम्पन्न भएको र सम्पूर्ण स्थान तयार गरेको बताए ।

च्याम्पियनसिपको रेस डिरेक्टर देवेन्द्र बस्न्यातले संघसँग बजेट अभाव भएकोले नगरपालिकाको सहयोगमार्फत ट्रयाक तयार पारेको बताए ।

प्रतियोगिताको सहयोगी मध्ये एक स्रामका निर्देशक प्रयास तामाङ स्रामको भर्खर ड्रिस्टिबुट लिएको र साईकलको गियरहरु बनाउने कम्पनी भएको बताए र यस च्याम्पियनसिपमा सानो सहकार्य गरेको तामाङले बताए ।

नेशनल माउन्टेन बाइक च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय