News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा रियल मड्रिडले डेपोर्टिभो अलाभेसलाई २-१ गोल अन्तरले हराएको छ।
- रियलका किलियन एमबाप्पे र रोड्रिगोले समान एक-एक गोल गरेका थिए।
- रियलले १७ खेलमा ३९ अंक जोड्दै शीर्षस्थानको बार्सिलोनासँगको अंकदूरी ४ मा झारेको छ।
२९ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । अलाभेसको मैदानमा भएको खेलमा रियल २-१ ले विजयी भएको हो ।
रियलको जितमा किलियन एमबाप्पे र रोड्रिगोले १-१ गोल गरे । अलाभेसका कार्लोस भिसेन्टेले १ गोल गरे ।
खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा भिसेन्टेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
७६औं मिनेटमा रोड्रिगोले गोल गरेपछि रियल २-१ ले विजयी भयो ।
जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंकदूरी ४ मा झारेको छ । रियलको १७ खेलमा ३९ अंक छ । बार्सिलोना ४३ अंकका साथ शीर्षमा छ ।
पराजित अलाभेसको १८ अंकसहित १२औं स्थानमा छ ।
प्रतिक्रिया 4