News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसीसी यू-१९ एसिया कपमा बंगलादेशसँग ७ विकेटले पराजित भएको छ।
- नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटमा पूरा गर्यो।
- नेपालको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ।
२९ मंसिर, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको बंगलादेशसँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर जावद अबररले अविजित ७० रन बनाए । कलाम सिद्दिकीले ३४ रन बनाए ।
नेपालका लागि अभिषेक तिवारी र युवराज खत्रीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१.१ ओभरमा १३० रनमा अलआउट भएको थियो ।
अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । आशिष लुहारले २३ रन बनाए । साहिल पटेलले १८ तथा निरज यादवले १४ रन बनाए ।
नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । आजको हारले नेपालको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ ।
समूह बी मा २ खेलमा ४ अंकसहित बंगलादेश शीर्षस्थानमा छ भने श्रीलंकाको १ खेलमा २ अंक छ ।
प्रतिक्रिया 4