+
+
Shares

ज्योति मगर पनि एमाले उम्मेदवारको प्रचारमा (तस्वीरहरू)

नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष १ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योति मगरले उम्मेदवारको फोटो बोकेर प्रचारप्रसारमा सक्रिय भूमिका खेलेकी छन्।
  • एमालेको नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा मतदान हुँदैछ र विभिन्न उम्मेदवारका समर्थक प्रचारमा व्यस्त छन्।
  • ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन भोट माग्दै हिँडेको बताइन्।

१ पुस, काठमाडौं। नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योति मगर पनि प्रचारप्रसारमा उत्रिएकी छन्।

नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् ।

ज्योति मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी थिइन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।

ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिंडेको बताइन् । ‘युवामा पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो,’ उम्मेदवारको नाम लिँदै उनले भनेकी छन्, ‘समावेशीता चाहियो ।’

हेर्नुहोस् थप तस्वीरहरू :  

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?