+
+
Shares

नेपाल इन्स्योरेन्सले ६ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले बोनस सेयर नदिने र १६ करोड ९ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने जनाएको छ।
  • नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा प्रस्ताव लगिने र स्वीकृत भएपछि लाभांश वितरण हुने कम्पनीले बताएको छ।

३ पुस, काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयर दिने छैन । १६ करोड ९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?