News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा बिहीबार फुजी स्याउको मूल्य प्रतिकिलो १५ रुपैयाँ बढेर ३ सय रुपैयाँ पुगेको छ।
- जुनारको मूल्य बिहीबार प्रतिकिलो १५ रुपैयाँ घटेर १ सय १० रुपैयाँ कायम भएको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो।
३ पुस, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्य बढ्दा जुनारको घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।
आज बिहीबार फुजी स्याउको मूल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज बिहीबार प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै बिहीबार जुनारको मूल्य पनि प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ घटेको छ । हिजो बुधबार जुनार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय १० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4