+
+
Shares

स्याउको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते ११:१२

३१ भदौ, काठमाडौं । चाडपर्व नजिकिएसँगै स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।

आज मंगलबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेको छ । सोमबार फुजी स्याउ प्रतिकिलो थोकमा औसत २७६ रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार भने फुजी स्याउको प्रतिकिलो मूल्य थोकमा ३१० रुपैयाँ कायम छ ।

यस्तै एक महिनाको अवधिमा भने फुजी स्याउको भाउ ५.४९ प्रतिशतले घटेको देखिन्छ । भदौ पहिलो साता यो स्याउ प्रतिकिलो ३ सय २८ रुपैयाँमा किनबेच भएको थियो ।

साउन अन्तिम साता बजारमा फुजी स्याउ प्रतिकिलो न्यूनतम २८० देखि अधिकतम ३३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै एक महिना अवधिमा झोले स्याउको मूल्य पनि ३.५४ प्रतिशत घटेको छ । आज भने झोले स्याउ प्रतिकिलो २ सयदेखि २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?