+
+
Shares

 १० अंक घटेको सेयर बजारमा बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १५:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार बिहीबार १०.६६ अंकले घटेर नेप्से परिसूचक २६१५ अंकमा झरेको छ।
  • आज ६३ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ र कारोबार रकम ४ अर्ब ५७ करोड पुगेको छ।
  • फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह स्थिर रहेको छ।

३ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो ।

आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । ६३ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने २ को स्थिर रह्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशत घट्यो । होटल तथा पर्यटन समूह स्थिर रह्यो । निर्जीवन बीमा ०.२२ तथा व्यापार ०.४८ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै सिन्धु विकास बैंकको ९.५६, सीवाईसी लघुवित्तको ४.८७ तथा सप्तकोशी विकास बैंकको ४.४४ प्रतिशत मूल्य बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशत घट्यो । गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ तथा मोदी इनर्जीको ३.०२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?