+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
69/1 (9.6)
Shares

राजनीतिक अनिश्चितताले सुस्तायो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार बिहीबार १.६६ अंकले घटेर नेप्से २६०७ अंकमा कायम भएको छ।
  • बजारको उतारचढाव न्यून रहँदा कारोबार रकम ३ अर्ब ४९ करोडमा सीमित भएको छ।
  • स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढेको छ भने मुक्तिनाथ कृषि कम्पनीको मूल्य ८.४२ प्रतिशतले घटेको छ।

२५ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.६६ अंक घटेको छ । सो कमीपछि नेप्से २६०७ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो ।

दिनभर बजार अधिकतम २६१२ र न्यूनतम २६०२ अंकको बीचमा सीमित रह्यो । केही दिनयता बजार सुस्ताएको छ । अघिल्लो दिन जम्मा ७.८६ अंक घटेको बजार मंगलबार ७.३ अंक बढेको थियो । समग्रमा यो साताभर नै बजारको उतारचढाव न्यून देखिन्छ ।

संक्रमणकालीन राजनीतिक अवस्था र चुनावको अनिश्चितताले बजारमा खरिद तथा बिक्री दुवै पक्ष सुस्ताएको हो । ‘राजनीतिक माहोलमा स्पष्टता नदेखिएकाले बजारमा खरिद र बिक्री दुवै पक्ष केही कमजोर देखिएको छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने ।

बजारको उतारचढाव न्यून रहनुका साथै कारोबार रकम पनि ४ अर्ब मुनि खुम्चिएको छ । अघिल्लो दिन ३ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो ।

९८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । अघिल्लो दिन पनि सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको थियो । आज बैंकिङ ०.१५, जीवन बीमा ०.१८, उत्पादन तथा प्रशोधन ०.९२, माइक्रोफाइनान्स ०.०९ तथा व्यापार ०.०७ प्रतिशत बढे ।

त्यस्तै विकास बैंक ०.१९, फाइनान्स ०.६५, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३६, लगानी ०.२९, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.६३ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै श्रीनगर एग्रिटेकको ५.९९, मोलुङ हाइड्रोपावरको ३.९१ प्रतिशत मूल्य बढ्यो ।

मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ४.७१, माथिल्लो मैलुङखोलाको ४.१० तथा इङवा हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?