+
+
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • कम्पनीले करसहित कुल ३९ करोड ३३ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने योजना बनाएको छ।
  • लाभांश बीमा प्राधिकरण र आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिनेछ।

४ पुस, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले करसहित १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कुल ३९ करोड ३३ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने छ ।

यो लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५९७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?