+
+
Shares

सक्रिय राजनीतिबाट बिदा लिएको एमाले नेता अधिकारीको घोषणा

सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरु पुरा गर्न नसकेको उनले बताएका छन् । अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने जानकारी गराउँदै उनले आफूले यो निर्णय खुसीका साथ लिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते ९:१८
Listen News
0:00
0:30
🔊

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिल्यै नेता नबनेको उल्लेख गरेका छन् ।

‘म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिंडेको वास्तविक झोले कार्यकर्ता थिएँ,’ उनले लेखेका छन्, ‘मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’

आफूले इमान, निष्ठा र समर्पणकासाथ काम गरेको जिकिर गर्दै उनले लेखेका छन्, ‘तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें, म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरा गर्ने मेरो कार्यशैली रह्यो ।’

सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरु पुरा गर्न नसकेको उनले बताएका छन् । अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने जानकारी गराउँदै उनले आफूले यो निर्णय खुसीका साथ लिएको बताएका छन् ।

‘अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधारण सदस्य रहेर पार्टी, समाज र देशका हितमा यथासम्भव काम गरिरहनेछु,’ उनले भनेका छन्, ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु ।’

उनले लामो राजनीतिक जीवनमा भएका भूलचुकप्रति क्षमा पनि मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?