+
+
Shares

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:२८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिकूल मौसमका कारण ४ पुस शुक्रबार दिउँसोसम्म जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल बन्द छन्।
  • तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा सयौँ यात्रुको उडान र अवतरण प्रभावित बनेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी भए पनि जहाज उड्न नसक्दा भरतपुर विमानस्थलका लागि उडाइएको छ।

४ पुस, काठमाडौं । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन ।

प्रतिकूल मौसमका कारण एकसाथ आधा दर्जन हाराहारी विमानस्थल बन्द हुँदा सयौँ यात्रु अलपत्र अवस्थामा छन् । तोकिएको समयमा जहाज चढ्न त्रिभुवन विमानस्थल पुगेका यात्रुहरू आन्तरिक टर्मिनल भवनभित्र मौसम खुल्ने प्रतीक्षामा छन् ।

आन्तरिक वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतबाट यात्रा गर्न विमानस्थल आइपुगेका सयौँ यात्रुहरू अलपत्र परेका हुन् ।

त्रिभुवन विमानस्थलको मौसम सामान्य भए पनि काठमाडौं बाहिरका ती विमानस्थलमा मौसम प्रतिकूल हुँदा यहाँबाट जहाज जान नसकेका हुन् ।

यसैबीच प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम प्रतिकूल भएका कारण यहाँबाट जहाज उड्न नसक्दा चितवनको भरतपुरका लागि उडाइएको छ ।

तराई भेगमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुँदा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले सयौँ यात्रु प्रभावित बनेका छन् ।

तस्वीर साैजन्य : सचेन गाैतम । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?