+
+
Shares

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्तिमा प्रदीप ज्ञवालीको टिप्पणी : उदेक लागेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते ९:०७

७ पुस, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् ।

एक अन्तरवार्तामा भण्डारीले दिएको अन्तर्वार्ताबारे टिप्पणी गर्दै नेता ज्ञवालीले लेखेका छन्, ‘ पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’

एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपतिले आगामी राजनीतिबारे कुरा गर्दै सम्भावना जे पनि हुनसक्ने बताएकी थिइन् । त्यस सन्दर्भमा राजतन्त्र पुनर्स्थापनाको सम्भावना पनि रहनसक्ने अभिव्यक्ति दिएकी थिइन् ।

यसै अभिव्यक्तिबारे टिप्पणी गरेका नेता ज्ञवालीले यो दृश्यले आँखा बिझाएको बताएका छन् । यसका साथै उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रुपमा टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?