२९ मंसिर, काठमाडौं । महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् ।
भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको छुट्टाछुट्टै प्यानल बनिरहेको छ ।
ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । तर, उनले भने उपाध्यक्ष बन्न अनिच्छा देखाएको स्रोतले बताएको छ ।
उनले यसअघि अध्यक्ष ओलीसँग पनि आफूले महासचिव पदमा आफ्नो दाबी रहेको बताएका थिए ।
‘महासचिवभन्दा माथि पनि लड्दिनँ, तल पनि लड्दिनँ,’ ज्ञवालीले ओलीलाई भनेका थिए ।
ज्ञवाली अहिले महाधिवेशनस्थलमा छैनन् । आफ्नो नाम उपाध्यक्षमा राखेपछि असन्तुष्ट देखिएका ज्ञवाली घरमै आराम गरिरहेको उनी निकट स्रोतले बतायो ।
प्रतिक्रिया 4