+
+
Shares

चिसो बढेपछि गौरका विद्यालय ४ दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते ९:२०

८ पुस, रौतहट । शीतलहर र बढ्दो चिसोका कारण गौरका विद्यालय चार दिन बिदा दिइएको छ ।

गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको छ ।

चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले बताए ।

अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको उनको भनाइ छ  ।

नगरपलिकाले सूचना जारी गरेपछि गौर नगर प्याब्सनले पनि सबै निजी विद्यालयहरुलाई चार दिनसम्म बन्द गर्ने जनाएको छ ।

रौतहटमा बिहान बाक्लो हुस्सुसँगै शीत खस्ने र दिनभरी कुहिरो लाग्न थालेपछि चिसो बढेको छ । कुहीरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा पनि कमी आएको छ ।

बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ । सधै जसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ ।

बिहानै खुल्ने व्यापारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्ने गरेकोले बजारहरु बेलमैमा सुनमान हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?