+
+
Shares

किसुनजीको शालिक पार्टी कार्यालयमा राखिने

रासस रासस
२०८२ पुष ८ गते १४:०६
फाइल तस्वीर

८ पुस, पाटन (ललितपुर) । नेपाली कांग्रेस ललितपुरको पार्टी कार्यालयमा सन्तनेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक राखिने भएको छ ।

नेपाली कांग्रेसका पूर्वपार्टी सभापतिसमेत रहेका सन्तनेता भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले उनको शालिक राख्ने स्थानको शिलान्यास गरे ।

शिलान्यास पश्चात् मन्तव्य राख्ने क्रममा कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले किसुनजी आफ्नो आदर्श व्यक्तित्व भएको बताउँदै उनले आश्रमलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिए ।

‘किसुनजीका नाममा विसं २०५६ मा भवनको शिलान्यास भएको थियोे, आज शालिक शिलान्यास भएको छ, तत्कालीन अवस्थामा डेराबाट पार्टी कार्यालय चलाउनुपर्थ्यो, धर्म महर्जनले जग्गा दिएर स्वर्गीय केदारबहादुर अमात्यको पहलमा भवन बनेपछि त्यो समस्या समाधान भयो । धेरैको योगदानमा भवन बन्यो, नेपाली कांग्रेसको सम्पत्तिको रुपमा कास्कीले घर बनाएपछिको यो दोस्रो घर हो’, उनले भने ।

नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले आज शिलान्यास भएको शालिक निर्माण सम्पन्न गरी केही दिनमा नै अनावरण गर्ने प्रयास रहेको जानकारी गराए ।

‘सबै साथीहरूको योगदान भवन निर्माणमा रह्यो, हामी नेतृत्वमा आइसकेपछि भवनलाई व्यवस्थित गर्‍र्यौँ, शालिक निर्माणमा योगदान गर्नेको मूल्यांकन हुनेछ,’ उनले भने ।

उनले पार्टीको अधिवेशनका क्रममा प्रतिनिधि ल्याउने र क्रियाशील दिने कुरामा कसैले कसैलाई प्रतिबन्ध र बन्देज गर्न मिल्दैन भन्दै यसमा ध्यान दिनुहोला भन्ने आग्रह गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?