+
+
Shares

रेशम चौधरीको गुनासो: म नेपाली हुन सकिनँ

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:४५

८ पुस, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले टीकापुर विद्रोहबारे सरकारलाई थाहा भए पनि यसमा जोडेर आफूलाई नेपाली बन्न नदिइएको गुनासो गरेका हुन् ।

‘टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी छ । पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका तीनैजना नेतालाई थाहा छ । तर पनि नेपाली बन्न सकिनँ । जेलबाट विद्रोह गरेर जन्माइएको पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल हो,’ उनले भने, ‘टीकापुर घटनामा ३०० जना थारुविरुद्ध मुद्दा लगाइयो । साढे आठ वर्ष जेल जीवन बिताउन बाँध्य बनाएपछि निर्दोष भनेर कसैलाई अदालतले पनि रिहा गरिदियो तर त्यसको क्षतिपूर्ति सिंगो समुदायलाई के ?’

उनले थारुहरू राज्यको कार्यकारी भूमिका पुग्न नसक्नुको कारण के हो ? भन्दै प्रश्न पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?