+
+
Shares

देश बनाउने डीपीआरसहित आएको छु : रेशम चौधरी

अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागु गर्दै अघि बढ्ने नेता चौधरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १९:००

२३ कात्तिक, काठमाडौं । पूर्वसांसद रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन् ।

आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनले बताए ।

उनले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागु गर्दै अघि बढ्ने बताए ।

जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ ।

‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य हो । राजनीतिमा परिवार भन्ने हुँदैन । पहिला जनता र त्यसपछि देश हुन्छ । देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो । परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो । राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो । लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो । जनताको आकांक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौं । ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डीपीआर खडा गर्न बाध्य बनायो,’ चौधरीले भने ।

नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?