+
+
Shares

यी ६ वटा दल खारेज गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले ८ पुसमा बसेको बैठकमा ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ।
  • आयोगले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल लगायतका दलको दर्ता खारेज गरेको हो।
  • यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ।

८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको  निर्वाचन आयोले जनाएको छ ।

आयोगले आम आदमी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली),  नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।

यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएनन् ।

आजको बैठकले टुंग्याइसकेको भए पनि प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने भोलि यसबारे जानकारी गराइने बताए ।

उनले अनलाइनखबरसँग भने, ‘आज यसबारे छलफल भयो । निर्णय भोलि सुनाइन्छ ।’

यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको, स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले खारेज गर्ने निर्णय भएको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?