+
+
Shares

१० देश पुग्यो सवा ८ करोडको १४० टन नेपाली अचार

यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले पछिल्लो ५ महिनामा १ लाख ४० हजार ३ सय ४ किलो अचार निर्यात गरी ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ।
  • नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, इटाली, जापान, कोरिया, मलेसिया, बेलायत र अमेरिकामा अचार निर्यात गरेको छ।
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा अस्ट्रेलियामा १ करोड ९३ लाख १९ हजार, क्यानडामा १ करोड ९४ लाख ४२ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ।

९ पुस, काठमाडौं । नेपालले पछिल्लो ५ महिनामा १ सय ४० टन (१ लाख ४० हजार ३ सय ४ किलो) अचार निर्यात गरेको छ ।

यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ ।

भन्सार विभागको तथ्यांकले १० देशमा अचार निर्यात भएको देखाउँछ । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, इटाली, जापान, कोरिया, मलेसिया, बेलायत र अमेरिकामा नेपालले अचार निर्यात गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना नेपालबाट अस्ट्रेलियामा १ करोड ९३ लाख १९ हजार रुपैयाँको ४१ हजार ३ सय ७७ किलो अचार निर्यात भएको छ ।

यस्तै क्यानडामा १ करोड ९४ लाख ४२ हजार रुपैयाँको ३४ हजार ७ सय ६८ किलो, कोरियामा १ करोड २५ लाख २६ हजारको २० हजार ६ सय ५५ किलो र अमेरिकामा ८४ लाख २६ हजारको १३ हजार ७ सय २९ किलो अचार निर्यात भएको छ ।

यसैगरी जापानमा १३ हजार ७ सय ९४ किलो अचार पठाउँदा ९३ लाख ४९ हजार, बेलायतमा ३ हजार ३ सय ९३ किलो पठाउँदा ३६ लाख ८ हजार, इटलीमा ८ हजार ८ सय ९२ किलो अचार पठाएर ६३ लाख १८ हजार रुपैयाँ आम्दानी भएको छ ।

यस्तै बेल्जियममा २६ लाख ४८ हजार रुपैयाँको २ हजार ४ सय ९६ किलो अचार निर्यात भएको छ ।

गत आव २०८१/८२ मा भने ५ महिना अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?