+
+
Shares

सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली आज रास्वपा कार्यालय पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ।
  • टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ।
  • कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले रास्वपा कार्यालयमा उपसभापति डीपी अर्यालसहित नेताहरूसँग संवाद गरेको छ।

९ पुस, काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा रास्वपाको कार्यालय भने जोगिएको ‍थियो । अन्य सबै ठूला दलका कार्यालय भने ध्वस्त भएका छन् ।

यसअघि सरकारी टोलीले कांग्रेस, एमाले, नेकपासहितका दलको कार्यालय अनुगमन गरिसकेको छ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली आज रास्वपा कार्यालय पुगेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापतिद्वय डीपी अर्याल र  स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झालगायत अन्य केन्द्रीय सदस्यसहितको उपस्थिति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?