१० पुस, धनगढी । कैलालीमा १७ वर्षदेखि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी डडेल्धुराको आलिताल गाउँपालिका- ८ घर भएर कञ्चनपुरको वेदकोट नगरपालिका-५ बस्ने ४५ वर्षीय प्रेम भन्ने सुरज थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले थापालाई कञ्चनपुर प्रहरीको समन्वय पक्राउ गरेको बताए ।
उनकाअनुसार ९ भदौ २०६५ मा दर्ता भएको ५३ नम्बर मुद्दामा थापा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी थिए ।
७ भदौ २०६५ मा घटनापछि उनी घट्नास्थलबाटै फरार रहेका थिए ।
थापालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4