+
+
Shares
बक्सअफिस :

नेपालमा ‘धुरन्धर’ को कमाइ साढे ८ करोड, ‘अवतार ३’ को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ले नेपालमा १० करोड ग्रस कमाउने सम्भावना देखिएको छ।
  • ‘धुरन्धर’ले बुधबार भारतमा ‘स्त्री २’ लाई उछिन्दै दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ।
  • जेम्स क्यामरुन निर्देशित ‘अवतार : फायर एन्ड यश’ले नेपालमा ३ करोड ८४ लाख ग्रस कमाएको छ।

काठमाडौं । अहिलेकै गति कायम रहे रणवीर सिंह स्टारर बलिउडको जासूस फिल्म ‘धुरन्धर’ ले नेपालमा १० करोड ग्रसको आँकडा पार गर्ने देखिएको छ । विहिबार दिउँसोसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ८ करोेड ५० लाख कमाएको छ ।

बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा क्रिसमस र आउने सप्ताहन्तमा फिल्मले राम्रै कमाइ गर्ने देखिन्छ । यो फिल्म ‘स्त्री २’ लाई उछिन्दै बुधबार भारतमा दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनिसकेको छ ।

सन् २०२५ मा नेपालमा कमै विदेशी फिल्मले मात्र १० करोडको आँकडा पार गर्न सके । ‘धुरन्धर’ त्यो उपलब्धितर्फ अघि बढेको देखिन्छ ।

‘अवतार ३’ को नेपाल कमाइ ४ करोड नजिक

जेम्स क्यामरुन निर्देशित चर्चित हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले विहिबारसम्म नेपालमा ३ करोड ८४ लाख नेरु ग्रस कमाएको छ । क्रिसमस र आउने सप्ताहन्तमा फिल्मको कलेक्सन ४ करोड नाघ्नेछ ।

यो फिल्मले के नेपालमा ५ करोडको लाइफटाइम कलेक्सनको आँकडा पार गर्ला, यो चाहिँ पर्खाइको विषय बन्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?