News Summary
Generated by OK AI. Editorially reviewed.- ९ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका छन्।
- ५ कम्पनीले नगद लाभांश मात्र र ४ कम्पनीले न्यून दरमा बोनस सेयर घोषणा गरेका छन्।
- नेपाल लाइफको बुक क्लोज भइसकेको छ भने आईएमई र सानिमा रिलायन्सको पुस ११ मा बुक क्लोज हुँदैछ।
१० पुस, काठमाडौं । गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट अहिलेसम्म १० जीवन बीमा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका जीवन बीमा कम्पनी अधिकांशले नगदलाई प्राथमिकता दिएका छन् । ६ जीवन बीमा कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ ले न्यून दरमा बोनस सेयर र उच्च दरको नगद लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेकामध्ये दुई कम्पनी नेपाल लाइफ र सिटिजनको बुक क्लोज सम्पन्न भइसकेको छ । बुक क्लोज भइसकेका कम्पनीको सेयर अब खरिद गर्दा लाभांश पाइँदैन ।
त्यस्तै दुई कम्पनी आईएमई र सानिमा रिलायन्सको सेयरमा शुक्रबार बुक क्लोज हुँदैछ । तसर्थ ती कम्पनीको सेयरमा पनि लाभांश समय घर्किसकेको छ । बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्दा वा होल्ड गर्दा लगानीकर्ताले लाभांश पाउनेछन् भने साधारणसभामा पनि भाग लिएर आफ्नो अधिकार उपयोग गर्न सक्छन् ।
तर बुक क्लोजपछि खरिद भएको सेयरमा यो वर्षलाई दुवै अधिकार रहँदैन । बाँकी अरु कम्पनीको सेयर खरिद गर्दा अझै लाभांशको मौका रहेको छ । यसपटक जीवन बीमा कम्पनीहरूले उत्साहपूर्ण लाभांश घोषणा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

प्रतिक्रिया 4