+
+
Shares

पोखरा र समृद्धि फाइनान्स मर्जर : स्वाप रेसियो बराबर तय

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरपश्चात स्वाप रेसियो १ बराबर १ कायम हुने भएको छ।
  • संयुक्त मर्जर समितिले मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा स्वाप अनुपात निर्धारण गरेको छ।
  • पोखरा फाइनान्सको सञ्चालक समितिले सेयर स्वाप रेसियो १ बराबर १ कायम गर्ने निर्णय गरेको छ।

२१ पुस, काठमाडौं । दुई फाइनान्स कम्पनी पोखरा र समृद्धिबीच मर्जरपश्चात स्वाप रेसियो बराबर कायम हुने भएको छ ।

यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा १ बराबर १ अनुपातमा स्वाप अनुपात निर्धारण भएको कम्पनीद्वारा सार्वजनिक सूचनामा जनाइएको छ ।

साथै पोखरा फाइनान्सको सञ्चालक समितिको आइतबारको बैठकले १ बराबर १ अनुपातमा सेयर स्वाप रेसियो कायम गर्नेगरी निर्णय गरेको छ । यसको अर्थ हाल समृद्धि वा पोखरा फाइनान्सका लगानीकर्तासँग जे जति सेयर छ उहीं मर्जरपछि उहीं अनुपात कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?