+
+
Shares

साढे १२ करोडको चिउरा निर्यात, अस्ट्रेलियामै १४४ टन

चालु आव पहिलो ५ महिनामा ३ सय १४ टन चिउरा १० देशमा निर्यात भएको तथ्यांकले देखाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्म नेपालबाट १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ।
  • यस अवधिमा ३ लाख १४ हजार ३ सय ११ किलो चिउरा १० देशमा निर्यात भएको छ, जसमा अस्ट्रेलिया सबैभन्दा ठूलो बजार हो।
  • अस्ट्रेलियामा ७ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १ लाख ४४ हजार ६ सय ३२ किलो चिउरा निर्यात भएको छ।

१० पुस, काठमाडौं । पछिल्लो पाँच महिना अवधिमा नेपालबाट साढे १२ करोड रुपैयाँभन्दा बढीको चिउरा निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ साउनदेखि मंसिरसम्म १२ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको चिउरा निर्यात भएको हो ।

यस अवधिमा ३ लाख १४ हजार ३ सय ११ किलो अर्थात् ३ सय १४ टन चिउरा १० देशमा निर्यात भएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा धेरै चिउरा अस्ट्रेलिया निर्यात भएको छ । पाँच महिनामा अस्ट्रेलियामा ७ करोड २९ लाख ३४ हजार रुपैयाँको १ लाख ४४ हजार ६ सय ३२ किलो किलो (१ सय ४४ टन) चिउरा निर्यात भएको छ ।

यस्तै इटालीमा १ करोड ६४ लाख ९ हजार रुपैयाँको ५७ लाख ३ सय ४० किलो, अमेरिकामा १ करोड ३० लाख ७२ हजार रुपैयाँको २३ हजार ४ सय २४ किलो र क्यानडामा १ करोड ७ लाख ७३ हजार रुपैयाँको २९ हजार ३ सय २ किलो चिउरा निर्यात भएको छ ।

यसैगरी जापानमा ३५ हजार ८ सय ८० किलो चिउरा निर्यात हुँदा ५१ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ । पोल्यान्डमा ४८ लाख ७९ हजार रुपैयाँको १२ हजार ९ सय २६ किलो र युनाइटेड अरब इमिरेट्स (यूएई) मा २२ लाख ६३ हजार रुपैयाँको ६ हजार ४ सय १८ किलो चिउरा निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?