१० पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्तास्थलबाट जेनजी अगुवा रक्षा बम बाहिरिएकी छिन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । जहाँ बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरू समेत पुगेका छन् ।
वार्ता सकेर लामिछाने निस्किसकेका छन् । लामिछाने निस्किएलगत्तै बम पनि निस्किएकी हुन् । उनले आफू फेरि आउने भन्दै हिंडेकी हुन् ।
बालेन र रविबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । निकटस्थहरूले यो भेटलाई निर्णायक भन्दै आएका थिए ।
यद्यपि बालेन र रविबीच भएको कुराकानीबारे निकटस्थहरूले केही बताएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4