+
+
Shares

मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

पुल निर्माणको काम असार २०८३ भित्र सक्ने लक्ष्य छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले सुर्खेतस्थित भेरी नदीमाथि बन्ने यो पुललाई राष्ट्रिय प्राथमिकता दिने निर्णय गरेको छ।
  • यो पुल असार २०८३ भित्र सक्ने लक्ष्य राखिएको छ र कुल लागत २१ करोड १९ लाख रुपैयाँ रहने छ।

११ पुस, काठमाडौं । सरकारले मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार सुर्खेतस्थित भेरी नदीमाथि बन्ने यो पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा मान्यता दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

त्यहाँ नेपालकै लामो तीन मुखे झोलुङ्गे पुल बन्दैछ । भेरी नदीले घेरिएको खटाङ टापुलमा मुख्य पिलर जडान गरी भुर्गाकोट नगरपालिकाका ८, ११ र १२ नम्बर वडालाई यो पुलमार्फत जोड्ने तयारी छ ।

पुलको तत्कालीन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पुस २०८१ मा शिलान्यास गरेका थिए । यस पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको छ ।

पुल निर्माणको काम असार २०८३ भित्र सक्ने लक्ष्य छ । यो पुल निर्माणको कुल लागत २१ करोड १९ लाख रुपैयाँ बराबर रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?